भ्रष्टाचारलाई समााप्त गर्ने कुरामा प्रतिष्पर्धा गरौँ : नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारलाई समााप्त गर्ने कुरामा सबैले प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताएका छन् ।

आईतवार पार्टीको राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा कसरी गर्ने भन्नेकुरामा प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताए ।

उनले देशको सामाजिक आर्थिक रुपान्तरण कसरी हुन्छ ? कृषिलाई कसरी अग्रगतितर्फ लैजाने भन्नेबारेमा पनि सोच्न जरुरी रहेको बताए ।

उनले देशको शिक्षा र स्वास्थ्यमा धेरै विकृतिहरु रहेको बताए । उनले गम्भीर राष्ट्रिय सवालमा एकतावद्ध भएर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले भने– ‘हामी यो देशमा कसरी भ्रष्टाचारलाई समााप्त गर्न सकिन्छ भन्नेकुरामा प्रतिष्पर्धा गरौँ । यो देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, यो देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा गर्ने काममा हामी कसरी प्रतिष्पर्धा गरे अघि बढ्न सक्छौँ । यो देशको सामाजिक आर्थिक रुपान्तरण कसरी हुन्छ ? कृषिलाई कसरी अग्रगतितर्फ लैजान्छौँ । यो देशलाई राष्ट्रिय औद्योगिकरण कसरी गर्छौं, यो देशको शिक्षा र स्वास्थ्यमा हेर्नुुस् यति धेरै विकृतिहरु फैलिएका छन् । यो विकृतिको उरुङलाई कसरी बढार्ने । आज ठूलो समस्या छ । यि कुराहरुको लागि तपाईं हामी प्रतिष्पर्धा गरौँ । प्रतिष्पर्धाको साथसाथै मेल पनि गरौँ । एकतावद्ध भएर गम्भीर गम्भीर राष्ट्रिय सवालमा एकतावद्ध भएर किन अगाडि बढ्न सक्दैनौँ । निश्चय पनि अघि बढ्न सक्छौँ ।’

सम्मानित नेता खनालले सुखी नेपाली समृद्ध नेपालतिर देशलाई सबै मिलेर अघि लैजानुपर्ने बताए । पार्टीको नयाँ नेतृत्व सकेसम्म एकै आवजका साथ सहमतिबाट गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =