नेपालको राजनीतिक अवस्था जटिल मोडमा छ : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीर्की अध्यक्ष रञ्जिता श्रेष्ठले नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको बताएकी छन् ।

आईतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले दलहरुले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरुको आवश्यकता र आकांक्षालाई पूरा गर्नु रहेको बताइन् । उनले देशलाई समृद्ध र स्थायित्वको मार्गमा डो¥याउन राजनीतिक दलले नै भुमिका निर्वाह गर्नुपर्ने बताइन् ।

उनले नेकपा एकीकृत समाजवादी पार्टीले यस दिशामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताइन् । उनले नागरिक उन्मुक्ति पार्टीले नागरिकको अधिकार र न्यायको लागि समान प्रतिवद्धता राखेको बताए ।

उनले भनिन्– ‘दलहरुले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरुको आवश्यकता र आकांक्षालाई पूरा गर्दै देशलाई समृद्ध र स्थायित्वको मार्गमा डो¥याउन सक्नुपर्छ । नेकपा एकीकृत समाजवादी पार्टीले यस दिशामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । हामीले पनि नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नागरिकको अधिकार र न्यायको लागि समान प्रतिवद्धता राखेका छौं। देशमा तमाम राजनीतिक दलहरुले राष्ट्रको विकास र समृद्धिका लागि आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान दिएका छन् । यद्यपि दुःखका साथ भन्नुपर्छ, नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको छ ।’

अध्यक्ष श्रेष्ठले राजनीतिक अस्थिरता, आर्थिक असमानता, सामाजिक विभाजनले देशको विकास प्रक्रियामा अवरोध पु¥याइरहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =