प्रतीकलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने भएको छ।

अदालतमा पेश भएपछि उनको बकपत्र सुरु हुनेछ। बकपत्रपछि उनलाई थुनामा पठाउने कि थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने टुंगो लाग्ने छ।
उनलाई बौद्धबाट शुक्रबार साँझ पक्राउ गरिएको हो।

पक्राउ गरेर जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ। थापा नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 4 =