विप्रेषणबाट प्राप्त रकम उत्पादनको क्षेत्रमा लगाउन सांसद दाहालको माग

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले सरकारले वर्तमान अर्थतन्त्रमा आएको मन्दी र शिथिलतालाई समाधान गर्न गहिरो प्रतिबद्धता र योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताएकी छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार, सहकारी र निजी क्षेत्रको बीचमा सन्तुलन र समन्वय हुन आवश्यक रहेको बताइन् । उनले कर असुलीलाई प्रोत्साहन गर्दै नियन्त्रण गर्ने र कर वृद्धिको लागि दायरा बिस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिइन् । उनले विप्रेषणबाट प्राप्त भएको रकमलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्ने बताइन् ।
उनले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्नको निम्ति उद्योग स्थापना गर्नको निम्ति सहजता प्रदान गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले लगानीमैत्री वातावरण बनाउँदै अघिल्ला सरकारले अघि सारेका राम्रा र सकारात्मक आर्थिक लाभ दिनसक्ने, आम्दानी दिनसक्ने योजनाहरूलाई निरन्तरता दिनुपर्ने बताइन् ।
आफ्नो देशभित्र उत्पादन गर्न सकिने उत्पादनका वस्तुहरू पहिचान गर्दै उद्योग स्थापनामा जोड दिनुपर्ने बताइन् । उनले बाह्य क्षेत्र वा अन्तर्राष्ट्रिय क्षेत्रका लगानी कर्ता उद्योगी, आप्रवासी नेपालीहरूलाई पुँजीको सुरक्षा र विश्वासिलो वातावरण बनाइ आकर्षण गर्ने नीति लिनुपर्ने बताए ।
उनले भने ‘नेपाल सरकारले वर्तमान अर्थतन्त्रमा आएको मन्दी र शिथिलतालाई समाधान गर्नको निम्ति गहिरो प्रतिबद्धता, योजना र कार्यान्वयनको आवश्यकता छ । अर्थतन्त्र तीन खम्बे अर्थनीति सरकार,सहकारी र निजी क्षेत्रको बीचमा सन्तुलन र समन्वय हुन आवश्यक छ । कर असुलीलाई प्रोत्साहन गर्दै नियन्त्रण गर्ने र कर वृद्धिको लागि दायरा बिस्तार गर्नुपर्छ । विप्रेषणबाट प्राप्त भएको रकमलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्छ ।
निजी क्षेत्रको लगानीलाई आकर्षण गर्नको निम्ति उद्योग स्थापना गर्नको निम्ति सहजता प्रदान गर्नुपर्छ । लगानीमैत्री वातावरण बनाउँदै अघिल्ला सरकारले अघि सारेका राम्रा र सकारात्मक आर्थिक लाभ दिनसक्ने, आम्दानी दिनसक्ने योजनाहरूलाई निरन्तरता दिनुपर्छ । आफ्नो देशभित्र उत्पादन गर्न सकिने उत्पादनका वस्तुहरू पहिचान गर्दै उद्योग स्थापनामा जोड दिनुपर्छ । बाह्य क्षेत्र वा अन्तर्राष्ट्रिय क्षेत्रका लगानी कर्ता उद्योगी, आप्रवासी नेपालीहरू जो नेपालमा लगानी गर्न चाहन्छन्, उनीहरूको लागि पुँजीको सुरक्षा र विश्वासिलो वातावरण बनाइ आकर्षण गर्ने नीति लिनुपर्छ ।’
सांसद दाहालले राष्ट्रिय गौरवका आयोजनाहरू आधा र अधुरा हुँदा खर्चिला बनेको बताए ।








