विवाहित महिलामाथि जबरजस्ती गर्ने ४६ वर्षीय भण्डारी पक्राउ
२०८१ असार १३ गते

काठमाडौं । बैतडीमा जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका-३ पोखरीका ४६ वर्षीय प्रेमसिंह भण्डारी रहेका छन् । भण्डारीलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।
उनलाई गाउँकै ३० वर्षीया विवाहित महिलामाथि करणीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
२०८१ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित








