अपडेट : लमजुङमा पहिरोमा परी बेपत्ता भएका चारै जना मृत भेटिए
२०८१ असार १२ गते

लमजुङ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।
पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए ।
उनले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् ।
२०८१ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित








