काठमाडौं महानगरले फिर्ता गर्यो वातावरण विभाग प्रमुखको गाडी
२०८१ असार ११ गते

काठमाडौं महानगरपालिकाले वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठलाई गाडी फिर्ता दिएको छ।
श्रेष्ठ चढ्ने गाडी नगर प्रहरीले असार ६ गते घरमै गएर ल्याएको थियो। महानगरले यस विषयमा उनलाई स्पष्टिकरण पनि सोधेको थियो।
श्रेष्ठले सरकारी गाडी व्यक्तिगत काममा प्रयोग नगरेको र सरकारी काममा मात्रै प्रयोग गरेको जवाफ दिएका थिए।
उक्त जवाफपछि श्रेष्ठलाई महानगरले गाडी दिएको हो।
युरोपियन युनियनले महानगरपालिकालाई दिएको बीए ४८२० नम्बरको गाडी श्रेष्ठले चढ्दै आएका थिए। तर गाडी घरमा राख्ने गरेको भन्दै नगर प्रहरीले उनको घरमै पुगेर गाडी ल्याएको थियो।
एकसाता नबित्दै उनलाई पुनः सोही गाडी फिर्ता दिएको हो।
२०८१ असार ११ गते
प्रतिक्रिया
सम्बन्धित








