आन्तरिक र वाह्य ऋण उठाएर रोजगारी दिने सरकारको घोषणा

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले आन्तरिक वा वाह्य ऋण लिएर उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयक माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
उनले सरकारले उठाउने आन्तरिक तथा वाह्य ऋण उठाएरेर घ्यु खाने भन्दा पनि उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गरिने बताए ।
उनले सरकारले ऋण काडेर घ्यु खाने भन्दा पनि ऋण काडेर पुँजीगत अर्थात विकास खर्च वृद्धि गर्ने खाजेको भन्न सान्र्दभिक ठानेको बताए ।
उनले सरकारले चालु आर्थिक वर्षको भन्दा २.५ प्रतिशत पुँजीगत खर्चमा वृद्धि गरेको बताए । उनले पछिल्लो दशकमा मुलुकको ऋणको मात्रा बढ्दै गएको बताए ।
उनले एक दशकअघि २५ प्रतिशत तल रहेको ऋण अहिले ४२ प्रतिशतको रेसियोमा पुगेको भन्दै आगामी ववर्ष जिडिपीको तुलनामा २ प्रतिशत घटाएर ४० प्रतिशतमा ल्याउने लक्ष्य रहेको बताए । उनले ३३० अर्बको आन्तरिक ऋण लिने लक्ष्य राखिएको बताए ।
उनले गत वर्ष २२० अर्ब भन्दा ९० अर्बको फरक रहेको भन्दै विगतका ऋण अहिलेको सरकारले तिर्नुपर्ने दायित्व पनि वृद्धि भएको बताए । उनले आगामी वर्ष सरकारले १०६ अर्बको नयाँ ऋण दायित्व वा सावा तथा ऋण भुक्तानी बढेको पनि बताए ।
उनले सरकार ऋण उठाउने विषयमा सकेसम्म सम्मेमित हुने र आन्तरिक ऋण तथा अन्य समग्र ऋणको दायित्व पनि कम गर्ने कोशिस गरिरहेको बताए ।
उनले २.५ प्रतिशत पुँजीगत खर्च चालु वर्षमा भन्दा वृद्धि गरी खर्च गर्ने लक्ष्य राखेको बताए ।
उनले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा पठाउनेमा पनि चालु वर्ष भन्दा आगामी वर्ष वृद्धि गरेको बताए ।








