बहिनीको हत्या आरोपमा एकजना पक्राउ

२०८१ असार १० गते

आफ्नै बहिनी २० वर्षीया तेतरी कुमारी रामको हत्या गरेको अभियोगमा उनकै दाई परोहा नगरपालिका(८ नरकटिया टोल बस्ने २२ वर्षीय दीपन्द्र कुमार रामलाई आइतबार
बिहान प्रहरीले पक्राउ गरेको छ।
दीपन्द्र कुमारले घरायसी विवादको कारण रिस आवेगमा आई बाँसको मुङ्ग्रोले प्रहार गर्दा गम्भीर घाइते भएकी तेतरीको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा
मृत्यु भएको थियो।
उनी उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२०८१ असार १० गते
प्रतिक्रिया
सम्बन्धित