डोटीकी निरुताले पाइन कृतिम खुट्टा

काठमाडौँ । डोटी बडिकेदार गाउँपालिका–५ की २० वर्षीया निरुता थापाले कृतिम खुट्टा पाएकी छन् । केही वर्षपहिले घाँस काट्ने क्रममा भिरबाट लड्दा उनीको देब्रे खुट्टा भाँचिएको थियो ।

उपचारका क्रममा भाँचिएको खुट्टा काटिएपछि उनी वैशाखीको सहारामा हिँड्डुल गर्दै आएकी थिइन् ।

‘रूखबाट लडेर श्रीमतीको खुट्टा काट्नु परेको थियो । उनी वैशाखीको सहारामा हिँड्डुल गर्थिन्, डोटीका सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेको अग्रसरतामा काठमाडौँको गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालले कृतिम खुट्टा सहयोग गरेको हो’, निरुताका श्रीमान् मोहन थापाले भने ।

कृतिम खुट्टा पाएपछि हिँड्डुल गर्न सहज भएको निरुता थापाले बताइन् । सांसद आलेले कृतिम खुट्टा लगाउनका लागि मारवाडी सेवा समितिसमक्ष पहल गरेको उनीको भनाइ छ ।

साथै निरुतालाई डोटीदेखि काठमाडौँ आउँदा, जाँदा तथा काठमाडौँमा बसोबासको सम्पूर्ण खर्च समेत सांसद आलेले बेहोरेका उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

आज खुट्टा पाएपछि निरुता तथा उनीको परिवारका सदस्य खुसी भएका छन् । पशुपति गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालको ‘कृतिम अङ्ग कार्यशाला’ले कृतिमा खुट्टा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *