आगामी आर्थिक वर्षमा ४५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्याउने लक्ष्य राखिएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले सरकारले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुयाउने लक्ष्य राखेको बताएका हुन् । उनले आगामी १२ वर्षमा कुल विद्युत उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखिएको पनि उनले जानकारी दिए । उनले निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन सरकारले कानुनी व्यवस्था गरेको पनि बताए । उनले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागितालाई अझै वृद्धि गरिने बताए ।

उनले भने ‘आगामी १२ वर्षमा कुल विद्युत उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पु¥याउने र सो अनुसारको प्रसारण र वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८० कार्यान्वयनमा लगिएको छ । उत्पादन, प्रसारण, निर्माण, वितरण प्रणालीमा सुधार र विस्तार, आन्तरिक खपत वृद्धि, बचत विद्युत निर्यात व्यापारको एकीकृत रोडम्याप र कार्ययोजना नै हाम्रो ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना हो ।

त्यसको लागि आवश्यक थप संस्थागत र अन्य नीतिगत तथा कानुनी सुधारको बारेमा पनि कार्ययोजना समावेश गरिएको छ । त्यो अनुसार १० मेगावाटसम्मका आयोजनाहरूले पिपिए गर्दा प्रक्रियामा रहनु नपर्ने र सिँधै पिपिए गर्नसक्ने लगायतका कुराहरू छ । २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि गर्न सकिने लगायतका कामहरु नीतिगत क्षेत्रमा गरिरहेका छौँ । निजी क्षेत्रलाई कानुनी व्यवस्थासहित विद्युत व्यापारमा संलग्न गराउने कानुनी व्यवस्था सरकारले लिएको छ र सायद नेपालको सन्दर्भमा पब्लिक प्राइभेट पार्टनरशीप (सार्वजनिक निजी साझेदारी) को सबैभन्दा राम्रो प्रयोग ऊर्जा क्षेत्रमा नै भइराखेको छ । ऊर्जा क्षेत्रमा सार्वजनिक–निजी क्षेत्रको साझेदारीको राज्यको नीतिको व्यवस्थित कार्यान्वयन भइराखेको महसुस गर्दछौँ । निजी क्षेत्रको सहभागितालाई अझ वृद्धि गर्नमा पनि थप ध्यान दिइएको छ । आगामी आ।व।मा हाम्रो कुल विद्युत उत्पादन हाम्रो क्षमता ४५०० मेगावाट पुयाउने हाम्रो लक्ष्य रहेको छ ।’

मन्त्री बस्नेतले सोलार लगायत वायु ऊर्जामा पनि काम गरिराखेको बताए । उनले ८०० मेगावाट सोलार उत्पादनका लागि पिपिएको काम गर्न लागिएको पनि जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =