संसद् सचिवालयका कर्मचारी र सरकारबिच ७ बुँदे सहमति

काठमाडौं । सङ्घीय संसद्, सचिवालयका कर्मचारी र सरकारबिच ७ बुँदे सहमति भएको छ ।

कर्मचारीको माग सम्बोधनका लागि वार्ता समितिले जायज माग पुरा गर्ने सहमति सहित ७ बुँदे सहमति भएको हो ।

कर्मचारीहरूले उठाएकै मागअनुसार अतिरिक्त समय काम गरेबापत सेवा सुविधा बढाउने सहमति भएको छ। सहमतिअनुसार अब कर्मचारीका खाजा, आवास र शैक्षिक भत्ता वृद्धि हुनेछ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कर्मचारी युनियनका प्रतिनिधिबिच भएको सहमति कार्यान्वयन हुने विश्वास गरिएको छ ।

सचिवालयका कर्मचारीले विभिन्न सेवा र सुधारका माग राखी २० दिनदेखि विरोध कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =