सहकारी ठगलाई बचाउन छानबिन समिति बनेको हो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको बताएका छन् ।

सोमवार काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका उनले यस्तो बताएका हुन् । उनले नागरिकले भविष्यका लागि दुःख गरेर जम्मा पारेको रकम राज्य सत्तामा बस्नेहरुबाटै लुटिएको बताए ।

उनले राज्य सत्तामा बस्नेहरुले ठूलो आन्दोलन नगरी सहकारीबाट लुटिएको रकम नदिने बताए । उनले नेपाली जनताको पसिना राज्य सत्तामा बस्ने र राज्यसत्ताको आडमा लुटिएको बताए ।

उनले भने– ‘एउटा नेपाली उखान छ, हातले दिएर खुट्टालाई दुःख भनेजस्तो तपाईंहरुले खाइ नखाइ भोलि बुढेसकाललाई चाहिएला, बिरामी हुँदा चाहिएला, छोराछोरी पढाउन चाहएिला भनेर सहकारीमा जम्मा गरेको रकम आज राज्य सत्तामा बस्नेहरुले नै लुेटका छन् । तपाईंहरुसँग आएर जति पनि मिठा कुरा गरेपनि आन्दोलन बेगर यिनीहरु डराउनेवाला छैनन् । यनीहरु पल्किसकेका छन् । नेपाली जनताको पसिना राज्य सत्तामा बस्नेहरुले, राज्य सत्ताको आडमा नेपाली जनताको पसिनामा पौडी खेल्न पाइँदैन, नेपाली जनताले एक एक हिसाव गर्दछन् भनेर सदनमा बन्दै आएको छु । अब त सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको छ । जसले कारबाही गर्ने हो, त्यही ठाउँमा राखेपछि यि राजनीतिक पार्टीहरुले के गर्दछन् । यो समिति सहकारी ठगलाई बचाउन बनेको समिति हो ।’

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको भन्दै आपत्ति जनाए ।

उनले अहिलेका राजनीतिक दलहरुले देश र जनताको लागि केही काम गर्न नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =