प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८१ असार १० गते

फाइल फोटो
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले लिने कार्यसूची छ भने विभिन्न खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यस्तै विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यसैगरी आज राष्ट्रियसभामा उत्पति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ ।


२०८१ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








