यो कार्यकालमा युवा तथा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद क्षेत्र राष्ट्रिय अर्थतन्त्र निर्माणको बलियो आधारका रुपमा विकसित भएको बताएका छन् ।

साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अण्डर–१९ भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले खेल क्षेत्र कूटनीतिको बलियो माध्यमका रुपमा विकसित भएको पनि बताए । उनले आफ्नो तेस्रो कार्यकालमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले खेलाडीहरूको वृद्धि विकास र उनीहरूलाई प्रोत्साहन तथा खेलमार्फत अर्थतन्त्रमा र देशको कूटनीतिको क्षेत्रमा पनि हस्तक्षेपका निम्ति विशेष पहल गरिएको उल्लेख गरे । उनले खेल क्षेत्र कूटनीतिको बलियो माध्यमका रुपमा विकसित भएकाले सोही अनुसार नेपालले पनि आवश्यक महत्व दिएको बताए ।

उनले भने ‘मैले आफ्नो यो कार्यकालमा युवा तथा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छु । खेलाडीहरूको वृद्धि विकास र उनीहरूलाई प्रोत्साहन तथा खेलमार्फत अर्थतन्त्रमा र देशको कूटनीतिको क्षेत्रमा पनि हस्तक्षेपका निम्ति विशेष पहल गरिएको छ । समय समयमा मैले महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आफैँ सहभागी भएर हेर्ने गरेको छु । महत्वपूर्ण प्रतियोगिता अघि प्रतिस्पर्धी खेलाडीहरूको हौसला बढाउने र विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने काम पनि गर्दै आएको छु । यसबाट समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह र प्रोत्साहन मिलेको पनि मैले महसुस गरेको छु । खेल क्षेत्र कूटनीतिको बलियो माध्यमका रुपमा विकसित भएको छ । राष्ट्रिय अर्थतन्त्र निर्माणको एउटा बलियो आधारका रुपमा पनि विकसित भएको छ । यसैलाई मध्यनजर गर्दै यस वर्षको बजेटमा राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रममार्फत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, होटल, पर्यटन लगायतका कार्यक्षेत्रमा तालिम प्रदान गरी कम्तीमा १ लाख युवालाई रोजगारी सुनिश्चित गर्ने ।’

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाडौंको मुलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोईराला रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा निर्माण गर्ने लक्ष्य लिइएको बताउँदै प्रधानमन्त्री दाहालले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =