बानेश्वरको सस्तो बजारमा १९ वर्षीया युवती बलात्कृत, जैसवाल पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सस्तो बजारमा १९ वर्षीया युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिकलाई प्रहरी प्रक्राउ गरेको छ ।

१९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जैसवालले ती महिलालाई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =