बाढीले बगाउँदा माछा मारिरहेका शिक्षकको मृत्यु, ६ जना घाइते

सुर्खेत । भारी वर्षाका कारण जाजरकोटको कुशे गाउँपालिका-१, तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेको उद्धार भएको छ ।

शनिबार राति खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका-९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिइन् । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए ।

बाढीमा परी कुशे-४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे-१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएको उपाध्यक्ष सिंहले जानकारी दिइन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =