झलनाथ खनालको दाबी- अब महाधिवेशनलाई रोक्नसक्ने कुनै शक्ति नेपालमा छैन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले असार १६ गतदेखि पार्टीको महाधिवेशन आएको भन्दै पार्टीको महाधिवेशन रोक्नसक्ने कुनैपनि शक्ति नेपालमा अहिले नरहेको बताए । उनले महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने बताए ।

उनले पार्टीको महाधिवेशनलाई सफल बनाउन एकताबद्ध हुनुपर्ने बताए । उनले महाधिवेशनलाई ऐतिहासिक, प्रगति, एकता, पुनः गठको महाधिवेशन बनाउन आग्रह गरे ।

उनले भने ‘हामी नौ दिनपछि हाम्रो १० औं महाधिवेशन उद्घाटन गर्न गइरहेका छौँ । यसको पूर्वघडिमा यो फुटबल आयोजना गरेर महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिप्रेरित गर्ने काम खेलकुद महासंघदले गरेको छ । महाधिवेशन हाम्रो कम्युनिष्ट आन्दोलनको इतिहासमा नै अत्यन्त महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुँदैछ । यसलाई सफलीभूत पार्नु हाम्रो पार्टीका सम्पूर्ण समर्थक, शुभचिन्तकहरूको प्रमुख अभिभारा हो । हामी तम्तयारी जसरी अघि बढाउँदै छौँ, अब यो महाधिवेशन सफलतापूर्वक सम्पन्न हुन्छ नै । यसलाई रोक्न, छेक्न, डिस्टर्ब गर्नसक्ने कुनै शक्ति अहिले नेपालमा छैन कमरेडहरू । यो सफल हुन्छ नै । यसलाई सफलीभूत बनाउन सबै एकताबद्ध हौँ । ऐतिहासिक महाधिवेशन बनाऔँ । प्रगति, एकता, पुनः गठनको महाधिवेशन बनाऔँ ।’

सम्मानित नेता खनालले पार्टीको महाधिवेशन कम्युनिष्ट आन्दोलनको इतिहासमा नै महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुन लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *