क्रसर व्यवसायीहरूको आन्दोलनमा निर्माण व्यवसायी महासंघको ऐक्यबद्धता (तस्बिरहरू)

काठमाडौँ । क्रसर उद्योग नवीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरूको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघले ऐक्यबद्धता जनाएको छ ।

शुक्रवार माइतीघरमा पुगेर महासंघका महासचिव रोसन दाहालले क्रसर उद्योगीहरूको आन्दोलनमा महासंघको तर्फबाट ऐक्यबद्धता जनाएका हुन् । उनले क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निर्माण व्यवसायी पर्ने भन्दै सरकारले अविलम्ब उनीहरूका माग सम्बोधन गर्नुपर्ने बताए ।

उनले क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिने बताए । उनले काम गरेर खानका लागि लाइसेन्स दिने तर पछि नयाँ ऐन,कानुन बनाएर हतोत्साहित बनाउने काम भएको भन्दै आपत्ति जनाए ।

उनले भने ‘क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निर्माण व्यवसायी हो । क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिन्छन् । आर्थिक वर्षको अन्तिम महिना भएकाले केही समय पर्खिनुस् भनेका थियौँ । तर त्यस्तै अवस्था आज भेटेका छौँ । महासंघले ऐक्यबद्धता रहेको छ । यहाँहरूको आन्दोलन पूर्णतया सफल होस् । काम गरेर खा भनेर लाइसेन्स बाँड्ने अनि लाइसेन्स बाँडेपछि अर्कै नियम, ऐन बनाउने र त्यसले पेसा व्यवसायीहरूलाई निरुत्साहित बनाउने काम गरिरहेको छ ।’

क्रसर उद्योग नवीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरूले गत असार १ गतेदेखि काठमाडौं लक्षित आन्दोलन गर्दै आएका छन् ।

     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *