कोपा अमेरिकाको उद्घाटन खेलमा भोलि बिहान अर्जेन्टिना र क्यानडा भिड्ने

दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ भोलि शुक्रबार बिहानदेखि अमेरिकामा शुरु हुँदैछ। उद्घाटन खेलमा भोलि बिहान पौने ६ बजे एटलान्टामा साविक विजेता अर्जेन्टिना र क्यानडा भिड्दैछन्।

४८ औँ संस्करणको प्रतियोगितामा पहिलो पटक १६ वटा देश सहभागी भएका छन्। दक्षिण अमेरिकाबाट १० तथा उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ देशले प्रतिस्पर्धा गर्दैछन्। यसअघि यो प्रतियोगितामा १२ वटा देश सहभागी हुँदै आएका थिए।

कोपाका खेल १४ वटा रङ्गशालामा खेलाइनेछ। फाइनल खेल मियामीको हार्ड रक स्टेडियममा हुनेछ। प्रतियोगितामा १६ वटा टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा पूर्वविजेता अर्जेन्टिनासहित पेरु, चिली र क्यानडा रहेका छन्। समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन्।

समूह ‘सी’ मा अमेरिका, उरुग्वे, पनामा र बोलिभिया रहेका छन्। यसैगरी समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पराग्वे र कोस्टारिका रहेका छन्।

अर्जेन्टिना र उरुग्वे कोपा अमेरिकाका सबैभन्दा सफल टिम हुन् । दुवै टिमले समान १५ पटक उपाधि जितेका छन् । ब्राजिलले ९ पटक उपाधि जितेको छ। आउँदो जुलाई १५ तारिखमा फाइनल खेल हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *