चाडको हतियार डिपोमा विस्फोट हुँदा ९ जनाको मृत्यु, ४६ घाइते

एजेन्सी । चाडको राजधानी एन जामेनामा रहेको हतियार भण्डारमा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य ४६ जना घाइते भएका छन् ।

देशका स्वास्थ्यमन्त्री अब्देलमजिद अब्देरहिमले यसबारेमा जानकारी दिएका हुन् ।

आगलागी र विस्फोटको कारण अझै पत्ता लागेको छैन । मारिनेमा बालबालिकासहित सर्वसाधारण रहेका छन् ।

चाडका राष्ट्रपति महामत इड्रिस डेबी इट्नोले सहरको गौडजी छेउमा रहेको दुर्घटनास्थल र घाइतेहरूको निरीक्षण गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *