सिधाकुराको मुद्दा ९ न्यायाधीशको वृहत्तपूर्ण इजलासले फैसला गर्ने

सिधाकुरा नामक अनलाइनले प्रकाशन गरेको सामाग्री सम्बन्धी विवादको किनारा गर्नका लागि सर्वोच्च अदालतले ९ न्यायाधीश संलग्न वृहत्तपूर्ण इजलास गठन गर्ने भएको छ  । अदालतको अवहेलनामा यो पहिलो ठुलो वेञ्च हुने छ।

यसअघि कोरोना कालमा परेको कानुनी अडबड मिलाउन १९ न्यायाधीशको इजलास गठन भएको थियो । उक्त इजलासले अदालतका मुद्दाहरूमा परेको समस्याबारे विस्तृत व्याख्या गरेको थियो ।

उक्त इजलासले कोरोना काललाई शून्य समय हुने भनी व्याख्या गरेको थियो । उक्त रिटपनि अदालत आफैँले प्रतिवेदन उठाएर दर्ता गरेको थियो।

सिधा कुराको समाचारको विषयमा पनि अदालत आफैँले प्रतिवेदन उठाएर रिट दायर गरेको थियो  । उक्त विवाद संवैधानिक थियो भने यो अदालतको अवहेलना सम्बन्धी व्याख्या हो ।

न्यायाधीशद्वय कुमार चूडाल र विनोद शर्माको इजलासले यो आदेश गरेको हो ।

अनलाइन तथा युट्युब च्यानल सिधाकुराले सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको समेत नाम लिएर एक विवादित श्रव्य सामग्री प्रकाशन–प्रसारण गरेको थियो । उक्त अडियोमा वरिष्ठ अधिवक्ता हरि उप्रेतीको नाम पनि लिइएको थियो । अडियो आएलगत्तै न्यायाधीश भट्टराईले व्यक्तिगत रूपमा खण्डन गरेका थिए ।

तर सर्वोच्च प्रशासनले टिप्पणी उठाएर मुद्दा अघि बढाएको थियो । त्यस्तै अधिवक्ता अनुपम भट्टराईले पनि बेग्लै मुद्दा दायर गरेका थिए । ती दुवै मुद्दा एक साथ राखी सुनुवाइ भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =