पेट्रोलियम ट्यांकर चालक संघ र निगमबीच चार बुँदे सहमति, आजै पेट्रोल पम्प खुल्ने

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र नेपाल आयल निगमबीच सहमति भएको छ ।

सोमवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग आन्दोलनरत मजदुरहरुसँग भएको छलफलमा सहमति भएको हो । निगमसँगको सहमतिपछि संघले आईतवारदेखि शुरु गरेको आन्दोलनका कार्यक्रमहरु आजदेखि फिर्ता लिएको छ ।

सहमतिपछि पत्रकार सम्मेलनमा बोल्दै वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेले मजदुर संगठनसँग आगामी १५ दिनमा माग सम्बोधन गर्ने गरी सहमति भएको बताए ।

उनले संघले उठाएका मागहरू सम्बोधन गर्न नेपाल आयल निगमका कार्यकारी निर्देशक निर्देशक चण्डिका भट्टको संयोजकत्वले १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउने गरी सहमति भएको बताए ।
उनले समितिले बुझाएको प्रतिवेदनका आधारमा निगमले समस्या समाधान गर्ने सहमति भएको बताए । उनले नेपाल आयल निगमले व्यवसायीहरुलार्य दिई आएको बमोजिमको पारिश्रमिक र सुविधा ट्याङकर चालक,सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने व्यवसायीहरुको प्रतिवद्धता व्यक्त गर्ने सहमति भएको बताए ।

उनले आजकै दिनदेखि चालक संघले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए । उनले विद्यमान कानूनी व्यवस्थाको पालना सम्बन्धमा नियमित रुपमा प्रभावकारी अनुगमन गर्ने सहमति भएको जानकारी दिए ।

नेपाल पेट्रोलियम ट्याङकर चालक संघका अध्यक्ष ईश्वर लामाले पट्रोल पम्प र ग्याससँग सम्बन्धित क्षेत्रका काम गर्ने मजदुरहरुको माग १५ दिनमा सम्बोधन गर्ने प्रतिवद्धता जनाएकाले सबै आन्दोलन कार्यक्रम फिर्ता गर्ने समहति गरिएको बताए ।

उनले नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र वागमती पेट्रोलियम एशोसिएशनले १५ दिनमा माग हुने आशाले समहित भएको बताए ।

उनले निगमले १५ दिनमा माग सम्बोधन नगरे मुलुकभरका डिपोमा पेट्रोलियम पदार्थ लोडअनलोड बन्द गरेर चाबी ढुवानी व्यवसायी महासंघलाई हस्तान्तरण गर्ने बताए ।

आजदेखि आन्दोलन फिर्ता भएकाले इन्धन ढुवानी सहज रुपमा हुने निगमले बताएको छ । चालक, सहचालकले श्रम ऐनअनुसार तलव, जोखिम भत्ताको व्यवस्थापन लगायत ७ बुँदे माग राखेर आईतवारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =