मुस्लिम धर्मावलम्वीहरुमा बकर इदको रौनक (भिडिओ)

काठमाडौं । मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठूलो चाड बकर इद (इदुल जोहा) आज देशभर मनाइँदै छ ।

आज बिहानै मुस्लिम धर्मावलम्वीहरुले शुद्ध भइ नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढी एक आपसमा मित्रवत रुपमा शुभकामना साटासाट गरेका छन् ।

काठमाडौंको जामे मस्जिद लगायतका विभिन्न मस्जिदहरुमा मुस्लिम धर्मावलम्वीहरुको भीड छ । उनीहरुले एक आपसमा शुभकामना साटासाट गरी बकर इद मनाइरहेका छन् ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =