इन्जिनियरिङ परीक्षा दिने विद्यार्थीले परिक्षाहलमा स्टील कोड नै लिन पाएनन्

काठमाडौं । अहिले देशभरिका सिटिइभिटी मान्यता प्राप्त कलेजहरूमा प्राविधिक धार तर्फ तेस्रो वर्ष प्रथम खण्डको सिभिल इन्जिनियरिङ विषयको परीक्षा सञ्चालन भइरहेको छ ।

जेष्ठ ३१ गतेबाट सुरु भएको परीक्षा विभिन्न कलेजहरूमा सञ्चालन भइरहेको छ । जस अन्तर्गत आज subject: Design of steel and timber structure विषयको परीक्षा थियो । यस विषयमा General construction in steel code(IS 800:2007) प्रयोग गर्नुपर्छ । तर अछामको मङ्गलसेन बहुप्रविधिक शिक्षालयले भने त्यो कोड नै विद्यार्थीलाई परिक्षाहलमा लिन दिएन ।

नियमानुसार अनिवार्य रूपमा numerical Questions solve गर्दा steel code प्रयोग गरेर numerical sove गर्नुपर्छ । यो नियमकै कारण देशभरका अन्य विद्यालयले कोड परिक्षाहलमा लिन दिएका छन् । तर, अछामको मङ्गलसेन बहुप्रविधिक शिक्षालयले अनिवार्य कोड नै लिन नदिएको विद्यार्थीहरूले आरोप लगाएका छन् ।

उनीहरूले विद्यार्थीलाई अति आवश्यक स्टील कोड नै लिन नदिएपछि विद्यार्थीको भविष्यमाथि खेलबाड भएको आरोप लगाएका छन् ।

‘विद्यार्थीले उक्त कोड लग्न मिल्छ भन्दा विद्यार्थी माथि न राम्रो व्यवहार गरियो,’ एक विद्यार्थीले मकालुखबरसंग भने, ‘विद्यार्थीलाई केन्द्र अध्यक्ष लगायतले तिमीहरूलाई के थाहा ? किन यो कोड लिने ? भन्दै हामीलाई थर्काए ।’

यता, शिक्षालय प्रमुख तथा केन्द्राध्यक्ष तीर्थ आचार्यले भने सिटिइभिटीको नियमअनुसार त्यस्ता कोडहरू विद्यार्थीले परिक्षाहलमा लिन नपाइने बताए ।

उनले भने– ‘हामीले नियमअनुसार परीक्षा सञ्चालन गरेका छौं, सिटिइभिटीले नै यस्तो गर्न नमिल्ने बताएको छ । हामीले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेका छैनौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *