गुटबन्दीले कांग्रेस थिलथिलो भयो, पार्टी छाडेकाहरू फर्किनुहोस् : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस परित्याग गरेका कार्यकर्तालाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।

उनले काङ्ग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले विभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरूलाई काँग्रेसमा फर्कन आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै कोइरालाले पार्टीमा निष्क्रिय भएर बसेका नेताहरूलाई समेत सक्रिय हुन आग्रह गरे ।

कांग्रेसलाई कमजोर पारे मात्रै लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने सोचबाट केही अतिवादी शक्तिहरु सक्रिय भएको बताउँदै कोइरालाले कांग्रेस जटिल मोडमा पुगेको बताए ।

कोइरालाले राष्ट्रियता र लोकतन्त्र बचाउन कांग्रेस मात्रै सक्षम भएको बताउँदै अब बलियो कांग्रेसको आवश्यकता रहेको बताए ।

कोइराला भने– ‘यति बेला कांग्रेसको घर कमजोर भएको छ । पार्टी छाड्नुभएका तपाईँ साथीहरूको आवश्यकता प¥यो।’

उनले जुनसुकै कारणले पार्टी छाडेको भए पनि अब सबै तिक्तता बिर्सेर पार्टीमा फर्कन सबैलाई आग्रह गरे । कोइरालाले गुटबन्दीले पार्टी थिलथिलो बनेको बताउँदै गुटबन्दीकै कारण योग्य र ईमान्दार मानिसहरु पछाडि पर्दै गएको बताए ।

‘हिजो पार्टी सञ्चालन गर्दा नेताहरूबाट पनि गल्ती भएको हुन सक्छ, सबैले आ–आफ्नो कमी कमजोरी स्विकार्दै पार्टी बलियो बनाउन लागौँ,’उनले भने‘गुटबन्दीले पार्टी थिलथिलो भइसक्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *