एकसय किलो अवैध गाँजा देउखेलबाट बरामद, तस्कर फरार
२०८१ जेठ ३२ गते

फाइल तस्बिर
काठमाडौं । मकवानपुरबाट १ सयकिलो ४ सय २० ग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
शुक्रबार बिहान इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीको टोलीले थाहा नगरपालिका–७ देउखेलस्थित सडकबाट अवैध लागूऔषध गाँजा बरामद गरेको हो ।
प्रहरीलाई देख्नासाथ ना.२० प १८६७ र प्रदेश ३–०२–०१२ प १५९२ नम्बरको मोटरसाइकमा सवार अपरिचितव्यक्तिहरूले मोटरसाइकल छाडी फरार भएका थिए ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८१ जेठ ३२ गते
प्रतिक्रिया








