‘पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छ’

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका हुन् ।
उनले जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने गरिएको र आफ्नो मान्छे भर्ती गर्ने गरिएको बताए ।
‘जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने’ उनले भने,‘त्यहाँ दुहुनो गाईजस्तै भएको छ की, जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो फेरि छिराउने । यस्तो नगरौँ ।’
उनले राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थको बनाउनु नहुने बताए ।
सांसद सिंहले इन्टरनेटको पहुँच गाउँ गाउँमा पु¥याउनुपर्ने बताए ।
उनले तराईका पछाडी परेका समुदायसमक्ष सञ्चारको पहुँच सहज रुपमा पु¥याउनुपर्ने बताए ।
‘राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ’उनले भने,‘राष्ट्रिय स्वार्थको बनाऔँ । जनस्वार्थको बनाऔँ । राष्ट्रिय स्वार्थ बलियो भयो भने हामी त्यत्तिकै बलियो हुन्छौँ ।’








