जनताका समस्या बुझ्न डा.शेखर कोइराला जनकपुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला मधेश प्रदेशका जनता तथा पार्टीका अगुवा नेता कार्यकर्ता भेट्न भोली शुक्रवार जनकपुरधाम जाने भएका छन् ।

गर्मीले आक्रान्त भएका मधेशका जनताका समस्या बुझ्न र स्थानीय सरकार सञ्चालनमा ऐन कानुनले पारेको बाधा बुझ्न डा.कोइराला मधेश प्रदेश जाने भएका हुन् ।

मधेशका जनताले गर्मीको समयमा पनि पानी नपाएको गुनासो गरिरहेका बेला डा. कोइरालाको यो भेटघाटले समस्या समाधान हुने विश्वास गरिएको छ ।

डा.कोइराला भोली बिहानै जनकपुर जानेछन् । त्यस अवसरमा उनले दिउसो अगुवा कार्यकर्तासँग भेटघाट गर्नेछन् भने भोली नै मधेस प्रदेशसभा सदस्यहरूसँग छलफल गर्नेछन् । छलफलका क्रममा उनले जनताका जल्दा बल्दा समस्या समाधानका लागि प्रदेश सांसदलाई आग्रह गर्नेछन् ।

यस्तै नेता कोइरालाले असार १ गते शनिवार बिहान संविधान कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासन सम्बन्धी अन्तरक्रिया गर्नेछन् । यो अन्तरक्रियाबाट स्थानीय सरकारले उपयोग गर्न नपाएको अधिकारबारे स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउनेछन् ।

संघ सरकारले स्थानीय सरकारमाथि हस्तक्षेप गरेको आरोप लागिरहेका बेला डा.कोइरालाको यो अन्तरक्रियाले सङ्घीयता कार्यान्वयनमा सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

यस्तै नेता कोइराला शनिवार दिउँसो महिला सशक्तीकरण तथा नेतृत्व विकाश प्रशिक्षणको समापन कार्यक्रममा पनि सहभागी हुनेछन् ।

पछाडि परेका महिलाको सशक्तीकरण र महिलालाई नेतृत्वदायी भूमिकामा पुराउनुपर्ने आवाज उठाउँदै आएका कोइराला महिलाको क्षमता विकासमा जोड दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twenty =