विराटनगरमा विद्यार्थीले क्याम्पस निर्देशकको कुर्सी रूखमा झुन्ड्याए

काठमाडौँ । विराटनगरमा विद्यार्थीले क्याम्पस निर्देशकको कुर्सी रूखमा झुन्ड्याएका छन् ।

मोरङ, विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन सङ्काय निर्देशक डा मोहन सुवेदीको कुर्सी विद्यार्थीले रूखमा झुन्ड्याएका हुन् ।

विद्यार्थीले मङ्गलबार कार्यकक्षको ताला खोलेर नेमप्लेटसहित कुर्सी रूखमा झुन्ड्याएका थिए ।

क्याम्पस प्रमुख डा रामवतार शरणका अनुसार पुस्तक तथा पिउने पानीको प्रबन्ध मिलाउन नसकेको भन्दै विद्यार्थीले सुवेदीको कुर्सी रूखमा झुन्ड्याइएका हुन् । उनले उक्त घटना प्राज्ञिक मर्यादाविपरीत भएको बताए ।

सुवेदी कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीको आर्थिक सल्लाहकारसमेत हुन् ।
गत आइतबार पनि विद्यार्थीले प्रदेश योजना आयोग उपाध्यक्षको गाडीमा आगजनी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *