कांग्रेसले माग्यो मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ

काठमाडौं । कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।उनले य

स वर्ष मनसुनजन्य विपद्बाट देशभर १८ लाख १ हजार जनसंख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आकलन गरिएको बताए । उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हनुसक्ने बताइएकोबारे सरकारको ध्यानाकर्षण गराए । ती मध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको उनको भनाई छ ।

सांसद यादवले भने, ‘यस वर्ष मनसुनजन्य विपद्बाट देशभर १८ लाख १ हजार जनसंख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हनुसक्ने ती मध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ । साथै मधेस प्रदेशमा ९८ हजार २ सय घर परिवार प्रभावित हुने अनुमान छ, तसर्थ सभामुख महोदयमार्फत सरकारको पूर्वतयारी के छ, यस मानेमा संसद्लाई जानकारी दिइयोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =