कांग्रेसले ल्याएको बजेट कार्यान्वयनको समिक्षा गर्नुपर्छ : सुशीला श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समिक्षा गर्नुपर्ने बताएकी छन् ।
बुधवार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समिक्षा गर्नुपर्ने बताएकी हुन् ।
उनले बजेट कार्यान्वयनको पाटो र जनताले पाएको उपलब्धिको समिक्षा गर्नुपर्नेमा जोड दिइन् ।
‘बजेट ल्याउनका लागि मन्त्री नै हुनुपर्ने रहेछ, मन्त्री भएपछि मात्रै बजेट आउँदो रहेछ भनेर सांसदहरुले पनि बोल्नुभयो’ उनले भनिन्,‘त्यो महशुस त छ सबैमा । अहिले अलिकति छरिएको छ । मलाई के लागेको भने बजेट पाउने कुरा एउटा पक्षको कुरा भयो ।’
उनले अघिल्लो वर्षको कति बजेट के कारणले गर्दा कार्यान्वयन भन्ने कुरा खोज्नुपर्ने र समस्या पहिचान गर्नुपर्ने बताइन् ।
उनले यस वर्ष बजेट छरिएको आएको टिप्पणी गरिन् ।








