भारत भ्रमण पछि प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी र संसदमा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेका बेला उनीहरुबीच बुधवार अपराह्न सिंहदरबारमा भेट भएको हो ।

भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिए । अध्यक्ष ओलीले बजेटमा देखिएको कमी हटाउन पनि प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताउँदै आएका थिए । त्यसैगरी एमाले सांसदहरूले प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउन पनि एमालेका सांसदहरूले माग गर्दै आएका छन् ।

ओलीले भने ‘भेट राम्रो भयो ।’

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी, नेपालसँग निकट सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको बेला सत्तारुढ प्रमुख घटक एमाले र नेकपा (माओवादी केन्द्र) को शीर्ष नेताद्वय दाहाल र ओलीको भेटलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =