मोडल दीपेश लामाको निधन
२०८१ जेठ ३० गते

कलाकार तथा मोडल दीपेश लामाको निधन भएको छ।
मंगलबार काठमाडौंको बसुन्धरामा हिंड्दै गर्दा अचानक बेहोस भएका ३९ वर्षीय लामाको निधन भएको उनका आफन्तले जानकारी दिएका छन्।
दीपेश दुई दशकअघिको चर्चित पपगीत ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानु म’का मोडल समेत हुन्।
लामा लामो समयदेखि हेपाटाइटिस बी रोगबाट पनि पीडित थिए । तर हृदयघातको कारण निधन भएको आशंका आफन्तको छ।
लामाको पार्थिव शरिरलाई बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
‘सानु म’ गीतले नै लामालाई एकाएक प्रसिद्ध बनाएको हो। दीपेशले अरु दर्जनौं म्युजिक भिडियोमा पनि अभिनय गरेका छन्।
२०८१ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








