नेकपा एसभित्र वैचारिक मतभेद छैन : राजेन्द्र पाण्डे (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी भित्र बैचारिक मतभेद नभएको दाबी गरेका छन् ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेज तयार भएकाले पनि पार्टी भित्र वैचारिक मतभेद भएको भनेर भन्न नमिल्ने उनको तर्क थियो ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच बैचारिक मतभेद रहेको छ नि ? भनेर प्रश्न गरेका थिए ।

‘पार्टी भित्र बैचारिक मतभेद छ भन्नेकुरा भन्नेकुरा मात्रै हो जस्तो लाग्छ । किनभने वैचारिक मतभेद भए त दुई वटा दस्तावेज छुट्टै बन्थ्यो होला नि’ उनले भने, ‘दस्तावेज त सबै सल्लाह मिलाएर एउटै दस्तावेज बनेको छ त बैचारिक मतभेद कहाँ छ भन्ने ? पहिला त यो पटकपटक राजदूतहरु फेरिरहने, पठाउने, त्यहाँ बुझ्न नपाउँदै फेरि हाल्ने कुराले नेपालको राजनीतिक स्थिति, नेपालमा राजनीतिक स्थिरता भयो, तपाईहरु लगानी गर्न आउनुस भनेर जो हामी भन्ने गर्छौ । त्यो कुरालाई खण्डन गर्छ । तर सरकारले राजदुत राख्न पनि सक्छ, फेर्न पनि सक्छ । त्यो स्वभाविक कुरा हो ।’

उपाध्यक्ष पाण्डेले सबै नेताहरु मिलेर महाधिवेशनमा प्रश्तुत गर्नका लागि एउटै दस्तावेज बनाएकाले त्यसो भन्न नसकिने बताए । उनले नेताहरुबीच पार्टी नेतृत्वको लागि पहल हुनुलाई भने स्वभाविक रुपमा लिनुपर्ने बताए ।

फरक प्रसंगमा उपाध्यक्ष पाण्डेले राजदुत फिर्ता बोलाउने सरकारको निर्णय स्वभाविक भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *