वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ सार्वजनिक, क्यानलाई ६० लाख सहयोग गर्ने

काठमाडौँ । सीजी फुड्स नेपालले नेपाल क्रिकेट संघ ‘क्यान’ लाई ६० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरि सीजी फुड्सले उक्त घोषणा गरेको हो ।

वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई ३० लाख रुपैयाँ तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख रुपैयाँ गरि जम्मा ६० लाख सहयोग गर्न लागेको हो ।

चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा उक्त घोषणा भएको थियो । क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरूप सुपर–८ मा पुग्न सफल भएमा ३० लाख रुपैयाँ तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन बापत १ हजार रुपैयाँ, प्रत्येक चौका बापत ८ हजार रुपैयाँ, प्रत्येक छक्का बापत १२ हजार रुपैयाँ, प्रत्येक विकेट बापत १५ हजार रुपैयाँ, प्रत्येक अर्धशतक बापत ५० हजार रुपैयाँ, प्रत्येक शतक बापत १ लाख रुपैयाँ र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरेको थियो ।

साथै, वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइसिसी पुरुष टि–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविस्मरणीय बनाउने उद्देश्यले ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ सार्वजनिक गरेको छ ।
सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो ।

टि–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *