सुदूरपश्चिमका स्वतन्त्र सांसद जोशीले गरे मन्त्री पद अस्वीकार
२०८१ जेठ २८ गते

काठमाडौं । सुदूरपश्चिमका स्वतन्त्र सांसद तारा जोशीले मन्त्री पद अस्वीकार गरेका छन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार मन्त्री नियुक्त गरेपनि जोशीले मन्त्री पद नै अस्वीकार गरेका हुन् ।
उनलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी दिने तयारी थियो ।
तर उनले मन्त्री पद अस्वीकार गर्दै पद तथा गोपनीयताको शपथ पनि लिएनन् । मन्त्रालय फुटाएर आफू मन्त्री नहुने जोशीले बताएका छन् ।
२०८१ जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित








