सडक दुर्घटना न्युनिकरणमा बजेटको अभाव भयो : उपप्रधानमन्त्री महासेठ

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्युनिकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री महासेठले आगामी आर्थिक वर्षको बजेटमा भने सडक दुर्घटना न्युनिकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी पनि गरे ।

उनले संविधान अनुसार सडकमा हुने दुर्घटना न्युनिकरणको काम प्रदेश सरकारलाई जिम्मा दिइएको र संघीय सरकारले त्यसका लागि आवश्यक ऐन, कानून बनाउने काम गरिरहेको बताए ।

उपप्रधानमन्त्री महासेठले सवारी साधन अनुमति पत्र (लाईसेन्स) दिन काममा पनि प्रदेश सरकारलाई संघीय सरकारले हस्तक्षेप नगर्ने बताए ।

उपप्रधानमन्त्री महासेठले संघीय सरकारले सडक दुर्घटनाबाट हुने क्षति न्यूनिकरणका लागि पनि सक्दो काम गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =