दुध किसानको भुक्तानी छिटो दिइयोस् : सांसद बेल्बासे
२०८१ जेठ २८ गते

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी) केन्द्रका राष्ट्रिय सभाकी सांसद गंगाकुमारी बेल्बासेले दुध किसानको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् ।
दुग्ध संस्थानले उनीहरुको भुक्तानी नदिएको गुनासोसहित किसानहरुले फेरि काठमाडौंमा काठमाडौंमा सरकारबिरुद्ध अभियान संचालन गर्ने तयारी गरिरहेका बेला सांसद बेल्बासेले सो कुरा बताएकी हुन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले दुध किसानका जायज मागलाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने बताइन् ।
सांसद बेल्बासेले दुग्ध विकास संस्थालगायतका संस्थाहरुलाई चुस्तदुरुस्त बनाउन पनि सरकारलाई सचेत गराइन् ।
सांसद बेल्बासले सरकारी संस्थानहरुमा सुधार नभएकाले कारणले जनताले दुःख पाउने गरेकाले त्यसको सुधारमा सरकारले विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताइन् ।
२०८१ जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित








