अभ्यास गर्दागर्दै डुबेका सशस्त्रका जवानको मृत्यु

काठमाडौं । बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेशन) गर्दा डुबेका सशस्त्र प्रहरी बलका जवानको मृत्यु भएको छ ।

जिल्लाकै केदारस्युँ गाउँपालिका-७ घर भएका सशस्त्र प्रहरी जवान नरेन्द्र सिंह धामीलाई जिल्ला अस्पताल बझाङले मृत घोषणा गरेको हो ।

सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेशनका क्रममा उनी डुबेका थिए । बेहोस अवस्थामा फेला परेका उनीलाई तुरुन्तै उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + four =