रास्वपाले एक हप्तासम्म पार्टी स्थापना दिवस मनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रक्तदान, सरसफाई, वृक्षारोपण लगायतका कार्यक्रम गर्दै दोस्रो पार्टी स्थापना दिवस बनाउने भएको छ। आगामी असार १ देखि ७ गतेसम्म वडादेखि केन्द्रसम्मका कमिटीले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको हो।

पार्टी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले आइतबार विज्ञप्ति जारी गर्दै स्थापना दिवसको कार्यक्रममा केन्द्रीय समिति, विभाग, प्रदेश समिति, विभागका पदाधिकारी र सदस्यहरुलाई जिल्ला÷पालिकामा पुगेर कार्यक्रम आयोजना गर्न आवश्यक छलफल, सहयोग र समन्वय गरी कार्यक्रम सफल बनाउन पहल कदमी लिन अनुरोध गरेका छन्।

‘रक्तदान, सरसफाई, बृक्षारोपण, मैत्रीपूर्ण खेलकुद जस्ता कार्यक्रम गर्दा सरकारी, गैरसरकारी, नीजिक्षेत्र, क्लव, संघसंस्था समुदायसंग समेत सहकार्य गर्न सकिने ब्यहोरा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, पार्टी केन्द्रीय कार्यालयमा ७ गते चियापान कार्यक्रम समेत आयोजना गरिएको छ।सबै तहका समितिहरुले संयुक्त गर्ने बाहेकका कार्यक्रमहरू आफैँ आयोजना गर्नसमेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।

उनका अनुसार, असार १ र दुई गते हालसालै निर्माण सम्पन्न र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाहरुको अनुगमन गरिने कार्यक्रम छ। असार ३ गते सो अनुगमनबारे सञ्चारकर्मीलाई जानकारी गराइने उनले बताए।

त्यस्तै, असार ५ गते वृक्षारोपण र असार ७ गते चियापान कार्यक्रम राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eleven =