जबजलाई मार्गदर्शक मान्नु ओलीको गल्ती होइन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालले एमालेको आठौं र नवौं महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त भनेर पारित गरेकाले त्यसैलाई मानेर हिँडेको भनेर केपी ओलीलाई दोष दिन भने नहुने अध्यक्ष नेपालको भनाई थियो ।

‘जनताको बहुदलीय जनवादी (जबज) लाई मार्गदर्शक सिद्धान्त भनेर अनि त्यही मार्गदर्शक सिद्धान्तमा अहिले केपी ओली चलिरहेका छन्’ उनले भने, ‘अब केपी ओलीलाई के दोष दिनु ? महाधिवेशनले नै पास गरिसकेपछि उनलाई दोष दिने कुरा पनि भएन ।’

आईतवार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त भन्न नमिल्ने र यसको औचित्य समाप्त भयो भनेर भन्न पनि नमिल्ने तर्क थियो ।

अध्यक्ष नेपालले पार्टीले समाजवादी विचारधारा अघि सारेको दाबी समेत गरे । उनले आफनो पार्टीले वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाएर लैजाने बताए ।

‘हामीले मार्ग दर्शक सिद्धान्त भन्ने पनि होइन, त्यसको औचित्य समाप्त भयो भन्ने पनि सकिँदैन । हामीले सरकारसँग पनि सहकार्य गरिरहेका छौं । अहिले समाजवादी मोर्चा नयाँ ढंगले चलाउने कुरामा पनि छलफल चलाइरहेका छौं । यसभित्र नेकपा विप्लव समूह पनि हामी सँगसँगै जाउ भन्दै हुनुहुन्छ । त्यसैगरी अशोक राईको समूहले पनि मिलेर जाउँ भन्दै हुनुहुन्छ । अनि नेपाल समाजवादी पार्टीले पनि मिलेर जाउँ भनिरहेका छन्’उनले भने, ‘त्यसकारण माओवादीसहित यी घटक बसेर छलफल पनि गर्नेछौं । यी सबै बामपन्थी शक्तिहरुलाई मिलाएर एकतावद्ध बनाएर हामी अगाडि बढ्छौं । तर हामी जोड के दिन चाहन्छौ भने वर्ग संघर्ष अनि राजनीतिक संघर्ष, राजनीतिक मोर्चा । यी सबै क्षेत्रमा हामीले उत्कृष्टता देखाउन सक्नुपर्दछ ।’

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल भइरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =