एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन : घनश्याम भुषाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन् ।

आईतवार काठमाडौंमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे ।

उनले नेकपा एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने बताए । उनले नेकपा (माओवादी केन्द्र) को समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लग्ने बताए ।

‘यो महाधिवेशनबाट कतै न कतै समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्छ । यो सारा क्रान्ति नेकपा एमालेले गर्दैन । किनभने त्यो नगर्नका लागि बनेको पार्टी हो । त्यो एक हिसावले व्यक्ति पूजा । आगामी दिनमा व्यक्तिपूजाको अझै ठूलो प्रयत्न गर्नेछ । यसकाबिरुद्धमा प्रयत्न हुनेछ र यही वरपर लाग्नेछ’उनले भने,‘माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ । उसको त्यो हिसावले सिद्धान्त बुझ्ने उमेर भएको छैन । नेकपा (माओवादी केन्द्र) को उमेर पुगेको छैन । उसले धेरै समय लगाउँछ । हाम्रो यो सानो पार्टी नेकपा (एकीकृत समाजवादी) का काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ ।’

उनले नेपालमा समाजवादी क्रान्ति नेकपा (एकीकृत समाजवादी) ले मात्रै ल्याउनसक्ने बताए ।

पार्टीको १० औं महाधिवेशनले समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्ने बताए ।

‘मुलुकले भयंकर ठूलो क्षति व्यहोरेपछि नेकपा (एकीकृत समाजवादी) ले आज गर्दैछ । यो सारा काम यो महाधिवेशनले एकै पटक गर्दैन’उनले भने,‘हाम्रा प्रयत्न सार्थक भएका छन्, सफल भएको छैनन् । पुनःगठन र रुपान्तरणको प्रयत्न सार्थक हुन सकेको छैन, त्यो साँचो हो । विज्ञानमा प्रयत्न गर्नुको औचित्यहिनता कतै हुँदैन ।’

महासचिव भुषालले समाजवादी क्रान्तिका योजना र कार्यक्रमहरु २०७५ सालमै गर्नुपर्ने भएपनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीको नवौं महाधिवेशनमा पराजित हुँदा सम्भव नभएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =