झोलुङ्गे पुलका लट्ठा चुँडिदा बिचमै अडिए १५ खच्चर (भिडिओ)

काठमाडौं । अछाम र दैलेख जोड्ने झोलुङ्गे पुलका लट्ठा चुँडिदा १५ खच्चरबिच पुलमा अडिएका छन् ।

अछामको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ कालेकाडा र दैलेखको आठवीस नगरपालिका वडा नम्बर ४ जोड्ने पुलका लट्ठा चुँडिएका हुन् ।

अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ ।

लामो समयदेखि जीर्ण अवस्थामा रहेको पुलमा अछामबाट दैलेख जाँदै गरेका खच्चड लट्ठा चुँडिएपछि फेसका अनेरास्ववियुका नेता कमल कोलीले मकाखुखबरलाई जानकारी दिए ।

अहिले उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ गएको अछाम प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + three =