राष्ट्रिय फुटबल खेलाडी प्रिती सम्मानित

धरान उपमहानगरपालिका–१७ साकेला उद्यान ९पार्क०मा आज सम्पन्न भएको उभौली साकेलाका अवसरमा राष्ट्रिय महिला फुटबल खेलाडी प्रिती राईलाई नगदसहित सम्मान गरिएको छ।

किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको उभौली साकेलाका अवसरमा रु एक लाख पाँच हजार ८४ र सम्मानपत्रसहित उहाँलाई सम्मान गरिएको हो ।

यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ, पूर्वप्रमुख तिलक राईले दोसल्ला ओढाएर नगदसहित राईलाई सम्मान गरेका हुन्।

खेलाडी प्रितीले १६ वर्षको उमेरमै पहिलोपटक नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी खेलाडी हुन्।

विसं २०६१ मा जन्मिएका प्रिती राष्ट्रिय महिला फुटबल टिमकी उदयीमान र कान्छी खेलाडी भनेर पनि चिनिन्छ। नेपाल यु–१५ र यु–१६ टोलीको कप्तानसमेत रहेकी प्रिती दोस्रो अवसरमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी थिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *