‘जेरी अनटप’ मा पहिलोपल्ट सहकार्य गर्दै अनमोल र आँचल

काठमाडौँ । अभिनेता अनमोल केसीको आउँदो चलचित्र ‘जेरी अनटप’ मा अभिनेत्री आँचल शर्मा पनि अनुबन्धित भएकी छन् ।

‘जेरी अनटप’ मा अनमोल र आना शर्मा यसअघि नै अनुबन्धित भइसकेका थिए ।

निर्माण टिमले अभिनेत्री आँचललाई शुक्रवार मात्रै फिल्ममा अनुबन्धित गरेको हो । त्रिकोणात्मक प्रेमकथा रहेको यस चलचित्रमा अनमोल, आना र आँचलको मुख्य अभिनय रहनेछ ।

‘फर्की फर्की’ चलचित्रका निर्देशक सुयोग गुरूङले नै यस चलचित्रलाई निर्देशन गर्नेछन् । यस चलचित्रका लेखक हेमराज बिसी हुन् भने निर्माताका रूपमा सरोज न्यौपाने र दीपक भण्डारी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *