बहस नसकिएपछि हेर्दाहेर्दैमा राखियो उपेन्द्र यादवको मुद्दा
२०८१ जेठ २५ गते

काठमाडौँ । आफ्नो दल विभाजनविरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको मुद्धा हेर्दाहेर्दै राखिएको छ ।
शुक्रवार न्यायाधीशद्वय हरिप्रसाल फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो । तर बहस नसकिएपछि आइतबारका लागि पेसी तोकेर मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
गैरकानूनी रूपमा दल विभाजन गरी दल दर्ता गरेको भन्दै अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका थिए ।
निर्वाचन आयोगले गरेको दल दर्ता गर्ने निर्णय बदर गर्नुपर्ने मागसहित जसपा नेपालका अध्यक्ष यादव आफैं निवेदक भएर सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई प्रमाणपत्र प्रदान गरेको छ । अघिल्लो महिना मात्रै राईको नेतृत्वमा जसपा नेपाल विभाजित भएको थियो ।
२०८१ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित








