मुख्यमन्त्री सिंहको पहिलो घोषणा– मधेस प्रदेश लगानी सम्मेलन र पत्रकारहरुको दुर्घटना बीमा

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेश दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गरेका छन् ।

शुक्रवार मधेस प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले शहीद तथा घाइते परिवारहरुका लागि प्रतिष्ठानबाट ठोस निर्णय गरेर अघि बढ्ने बताए ।

उनले मधेस प्रदेशका १ हजार २७१ वटै वडामा १३६ पालिकालाई लक्षित गरेर बाँझो जग्गा उपयोग गरी नमूना कृषि विकास मोडल लागू गर्न कृषिसम्मुख सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने पनि घोषणा गरे ।

उनले मधेस प्रदेशका प्रत्येक जिल्लामा नमूनाको रुपमा एक एक वटा खुला शैक्षिक पार्ट तयार गर्ने, मधेस प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने बताए ।

उनले वैदेशिक रोजगारबाट सिप सिकेर फर्किएका जनशक्तिको लागि निर्माण गरी श्रम बैंकका रुपमा परिचालन गर्दै सिपलाई रोजगारसँग जोड्ने कार्यक्रम ल्याउने पनि बताए ।

उनले भने– ‘शहीद तथा घाइते परिवारहरुको विषयमा जुन हाम्रो प्रतिष्ठान छ । त्यो प्रतिष्ठानबाट उहाँहरुको निम्ति ठोस निर्णय गरेर अघि बढ्नेछौँ । मधेस प्रदेशका १ हजार २७१ वटै वडामा १३६ पालिकालाई लक्षित गरेर बाँझो जग्गा उपयोग गरी नमूना कृषि विकास मोडल लागू गर्न कृषिसम्मुख सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने । मधेस प्रदेशका प्रत्येक जिल्लामा नमूनाको रुपमा एक एक वटा खुला शैक्षिक पार्ट तयार गर्ने । मधेस प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने । वैदेशिक रोजगारबाट सिप सिकेर फर्किएका जनशक्तिको लागि निर्माण गरी श्रम बैंकका रुपमा परिचालन गर्दै सिपलाई रोजगारसँग जोड्ने कार्यक्रम ल्याउने । दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने । मधेसमा सुशासनको जग स्थापित गर्न खोजमुलक पत्रकारिता प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्न एवं मधेसमा दर्ता भएका मिडिया कार्यरत पत्रकारहरुको दुर्घटना बीमा गर्ने । मधेसको खेल क्षेत्रलाई गतिशिल बनाउन प्रदेश गौरवका आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने । प्रदेशस्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता व्यवस्था गर्ने ।’

उनले मधेसमा सुशासनको जग स्थापित गर्न खोजमुलक पत्रकारिता प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्न एवं मधेसमा दर्ता भएका मिडिया कार्यरत पत्रकारहरुको दुर्घटना बीमा गर्ने घोषणा गरे ।

उनले मधेसको खेल क्षेत्रलाई गतिशिल बनाउन प्रदेश गौरवका आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने र प्रदेशस्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता व्यवस्था गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =