विश्वकप क्रिकेट अन्तर्गत OMODA को नयाँ अभियान- ‘रन बनाउँछ नेपाल, रूख हुर्काउँछ OMODA’

काठमाडौँ । नेपालको अग्रणी विद्युतीय गाडी (इभि) ब्रान्ड (ओमोडा) OMODA ले ‘आइसिसि पुरुष टि ट्वान्टि क्रिकेट विश्वकप’को अवसरमा ‘Nepal Scores, OMODA grows’ नारामा एक वातावरणीय योजना ल्याएको छ ।

दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा OMODA ले रुख रोप्ने जनाएको छ । यस अभियान अन्तर्गत OMODA ले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ ।

त्यसैगरी हरेक ‘चौका’मा ५ रूख रोप्नेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने जनाएको छ। यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका OMODA खरिदकर्ता तथा चालकहरू (OMODERs) ले सहभागिता जनाउनेछन् ।

एस.पि.जि. अटोमोबाइल्स प्रा.लि.का निर्देशक गौरव शारडाले प्रतिबद्धता जनाउँदै भने ‘यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो । यो पहल OMODA ले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको छ । विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नुका साथै जलवायु परिवर्तन विरुद्ध लड्न पनि सहयोग गर्दछ । हाम्रो यस अभियानले हामीलाई यही लक्ष्यमा अघि बढाउँछ र नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पुर्याउँछ ।

यस अभियानले सस्टेनेबल मोबिलिटि (दिगो गतिशीलता) लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी गर्ने कम्पनीले जनाएको छ । एस पि जि अटोमोबाइल्स, सम्पूर्ण नेपाली क्रिकेट फ्यान, विद्युतीय सवारी चालकहरू, तथा OMODA का ग्राहकहरूलाई यो गौरवमय पहलको हिस्सा बन्न र यो ऐतिहासिक यात्रामा नेपाली क्रिकेट टोलीलाई उत्साहजनक समर्थन व्यक्त गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *