१४ किलो सुन तस्करी प्रकरणका ८ प्रतिवादीलाई थुनामा पठाउन आदेश
२०८१ जेठ २४ गते

काठमाडौँ । उच्च अदालत पाटनले १४ किलो सुन तस्करी प्रकरणका ८ जना प्रतिवादीहरूलाई थुनामा पठाउने आदेश दिएको छ ।
बिहीबार उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले जिल्ला अदालत काठमाडौँको आदेश नै सदर गर्दै थुनामा पठाउन आदेश दिएको हो ।
उच्च अदालतले प्रतिवादीहरू लेकबहादुर तामाङ, रमेश देउला ,अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ,शेरबहादुर बस्नेत ,कृष्णकुमार श्रेष्ठ,मीनबहादुर घले र जीवन गुरुङलाई थुनामा पठाएको हो ।
मंसिर २१ मा दुबईबाट नेपाल आएका गोरखा बारपाकका चन्द्रबहादुर घलेको साथबाट प्रहरीले १४ किलो सुन बरामद गरेको थियो । त्यसपछि यो प्रकरणको नालीबेली खुलेको थियो ।
२०८१ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित








